काठमाडौ। नेपाल सरकारले सोमवार नेपालमा पहिलो संविधान दिवस शान्तिका प्रतिक परेवा उडाएर मनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको मूल समारोह समितिले सोमबार सैनिक मञ्चमा गरेको कार्यक्रममा परेवा उडाएर संविधान दिवस मनाइएको हो।

sambidhan-diwash-manaiyoसरकारका मन्त्री, विभिन्न राजनीतिक दलका नेता, सांसद्, संवैधानिक निकायका पदाधिकारी, सरकारी कर्मचारी, खेलाडी, सर्वसाधारण लगायतको उपस्थिति रहेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशिला कार्की र प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एक एक जोडा परेवा उडाए। कार्यक्रममा नेपाली सेनाले हेलिकोप्टरबाट संविधान दिवस लेखिएको झण्डा प्रदर्शन र पुष्पवृष्टि गर्‍यो भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका विद्यार्थी र खेलाडीहरुले कवाज र अन्य खेल कौशल प्रदर्शन गरे। संविधान दिवसको मुख्य कार्यक्रममा विभिन्न जातजातिको नाच समेत देखाइयो।
प्रकाशन मिति–२०७३ साल असोज ४ गते मंगलवार ।