Page No.4-Nepal ma wrestlingकाठमाडौ । नेपालमा पहिलो पटक अन्तरराष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । बैशाख ४ गते काठमाडौँमा अन्तरराष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने नेपाल रिङ रेस्लिङ संघकी अध्यक्ष सुनिता थापाले बताएकी छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा हुने अन्तरराष्ट्रिय रेस्लिङ प्रतियोगितामा १३ देशका २२ व्यावसायिक रेस्लिङ खेलाडीले सहभागिता जनाउने भएको छ । संघकी महासचिव सुवर्ण श्रेष्ठले दिएको जानकारी अनुसार त्यस प्रतिस्पर्धामा हङकङका बिटम्यान, अमेरिकाका बुफा, ताइवानका दी ता नी, चीनका चेन जियाङ, न्युजिल्यान्डका जेम्स राइदीम, जापानका कामिकाजे, बेलायतका सिन गुइनेस र सिंगापुरका दी युरासियन ड्रागन मंगोलियाका महिला रेस्लरको सहभागिता हुने पक्का भएको छ । नेपालका तर्फबाट प्रतियोगितामा मिस्टर कोजु, कोब्रा, नुवाकोटे टाइगर, ६१९, बाबा बिई र युले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगिताको आकर्षणका रुपमा दुई जापानी महिला रेस्लर को पनि सहभागिता रहनेछ। अन्तर्रा्ष्ट्रिय रेस्लिङ प्रतियोगितामा प्रदर्शनी खेलका लागि जापानी महिला रेस्लरद्धय नानाई ताकाहाशी र सारीले सहभागिता जनाउने पक्का गरिसकेका छन् । यसैगरी नेपालको पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा र जापानका योशिसुकी नाकामुराले प्रतियोगिताका खेलहरु खेलाउने छन्। प्रतिस्पर्धा सम्पन्न गर्दा करिब १ करोड १५ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशन मिति–२०७३ साल बैशाख ३ गते शुक्रबार ।