NEPAL CHAPTER

काठमाडौ। ‘मूलधारमा महिला चलचित्र निर्माता’ भन्ने नारासहित नेपालमा भएको पहिलो महिला चलचित्र महोत्सव ‘आइवार्ड बुमेन फिन्म फेस्टिबल’सोमवार सम्पन्न भएको छ । रेडियो तथा टेलिभिजनमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय संस्था (आइवार्ड)को नेपाल शाखाले काठमाडौँमा एकदिने चलचित्र महोत्सव आयोजना गरेको हो।

महोत्सवमा नेपाललगायत चीन, भारत, क्यामरुन, फिलिपिन्स, मलेसिया, जापान, बङ्गलादेश र अमेरिका महिला निर्माताले निर्माण गरेका १० चलचित्र प्रदर्शन गरिएको थियो। कला सङ्ग्रौैलाद्वारा निर्देशित ‘बुट्टे जामा’ र रजिला श्रेष्ठको ‘रेडियो मेलम्ची १०७.२’ (नेपाल), त्रिवेणी रायको ‘मेमोरी अफ हर्ट’, हन्स थपलियाको ‘घर स्टुडियो है’, अन्ननेया करवल्लीको ‘हरिकथा प्रसङ्ग’, नैना सबनानीको ‘वी मेक इमेजेज’, अनिथा बालचन्द्रनको ‘पुडाभाइ’ (भारत) ‘मकी सटकी’ (जापान), युझीआवको ‘वाकिङ’ (चीन) लगायत चलचित्र प्रदर्शन गरिएको थियो।

सन् १९४९ मा स्थापित आइवार्डका ५० देशमा सदस्य छन्। नेपालमा यसले महिला पत्रकारको व्यक्तित्व विकास तथा सशक्तीकरण गर्ने काम गर्दै आएको आइवार्ड नेपालका अध्यक्ष अनुपा श्रेष्ठले भनेकी छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र २८ गते सोमवार ।