काठमाडौं। इण्डियन आयल कर्पोरेशनले पटक पटक इन्धनको मूल्य समायोजनको क्रममा मूल्य घटाएर नेपाल पठाएतापनि नेपाल आयल निगमले नेपालमा इन्धनको मूल्य घटाएको थिएन।

यसपटक भने मूल्य समायोजनको क्रममा नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३–३ रुपैयाँ घटाएको निगमले जनाएको छ।

घटेको मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य १७५ पर्ने छ। एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।

प्रकाशन मिति–२०७९ साल पुस १ गते शुक्रवार।