काठमाडौ। नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । आज बुधवार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर १ सय १० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ।

समायोजनको नाममा नयाँ बर्ष २०७५ बैशाख यता एक महिनाभित्र तीन पल्ट मूल्यबृद्धि गरिसकेको छ। नेपाली जनतालाई मारमा पार्ने यसप्रकारको मूल्यबृद्धिले नेपाली जनता हैरान बन्दैगएको छ।
प्रकाशन मिति–२०७५ साल जेठ २ गते बुधवार ।