Petrolकाठमाडौ। नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको छ। नेपाल आयल निगमले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, मट्टीतेल र डिजेलमा समान प्रतिलिटर दुई रुपैया तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिनडर पच्चीस रुपैया घटाइएको छ।

LP Gyas

घटाइएको नयाँ मूल्य अनुसार अव पेट्रोलको प्रतिलिटर रु.९७, डिजेल प्रतिलिटर रु.७३ र मट्टीतेल प्रतिलिटर रु.७३ र खाना पकाउने एलपी ग्याको मूल्य १ हजार ३ सय ७५ कायम गरिएको छ। अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य क्रमिक रुपमा घटेपनि नेपालमा लामो समयदेखि मूल्य घटेको थिएन।

Nepal Oil 1प्रकाशन मिति–२०७३ साल साउन १८ गते मंगलवार ।