Internet Expo

काठमाडौं। आजको यस विश्वव्यापीकरण युग तथा सांघुरिदो संंसारमा इन्टरनेट प्रविधिको महत्वपूर्ण भूमिका रहेको छ। इन्टरनेट जीवनको अंग भैसकेको छ। विश्वमा इन्टरनेटको बढ्दो प्रयोगसंगै कुनै पनि जानकारीहरू क्षण भरमा नै संसारभर फैलिन्छ।

सन् १९८० मा पहिलो पटक सर टिम बर्नरस लिले हाइपर टेक्सट ट्रान्सफर प्रोटोकल (एचटीटीपी) को अवधारणा अघि बढाएको थियो। उनले सन् १९९० मा एचटीएमएल, युआरएल, वेभ ब्राउजर, सर्भर र पहिलो वेब पेज बनाए। तर यो वेब पेज सिमित व्यक्तिको मात्र पहु“चमा थियो। तर पछि उनले सन् १९९१ अगस्ट २३ देखि वल्र्ड वाइड वेब (डब्लूडब्लूडब्लू) मा आम सर्वसाधारणमा पहुच पु¥याए। इन्टरनेट र बल्र्ड वाइड वेब फरक भएता पनि अचेल तिनलाई संयुक्त रुपमै बुझिन्छ।

तर नेपाल जस्तो अल्पविकसित मुलकमा इन्टरनेट भनेको सामाजिक सञ्जाल मात्र हो भन्ने भ्रमबाट माथि उठेर देशको प्रगतिमा यसबाट हुने योगदान महत्वपूर्ण हुने बुझाउन जरुरी देखिन्छ। इन्टरनेटको दुरुपयोगको बारेमा पनि बेलाबेलामा सुुनिने पनि गरिन्छ। इन्टरनेटको प्रयोग र उपलव्धीले राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक लगायत क्षेत्रहरुमा परेको प्रभावले विश्वले निकै फड्को मारेकोे छ। विश्वमा बढ्दो विकासक्रमसंगै इन्टरनेट एक वरदान नै सावित भएको छ।

हाल विश्वमा सूचना प्रविधिको दु्रत गतिले विकाससंगै सबै क्षेत्रलाई एकै थलोमा ल्याउन सफल भएको छ। इन्टरनेटको विस्तारले विश्वको अर्थतन्त्रमा फड्को मारेको छ र त्यसमा पनि सामाजिक सञ्जालहरूको बढदो प्रयोगले भातृत्वको विस्तारमा पनि थप मद्दत पु¥याएको छ। विश्वमा इन्टरनेटको सुरूवातको २५ वर्षको विशेष अवसरमा नेपाल डाटा एण्ड रिसर्च सेन्टर प्रा.लि. को आयोजनामा प्रथम इन्टरनेट एक्सपो–२०१७ ले आउंदो २०७४ साल मंसीर ९ – १३ गतेसम्म (२५–२९ नोभेम्बर, २०१७) आयोजना गर्ने प्रेस विज्ञप्ति मार्फत अवगत गराएको छ।

यस कार्यक्रमका कार्यक्रम संयोजक मालती वस्नेतव्दारा जारी विज्ञप्ति अनुसार, एक्सपोले इन्टरनेट प्रविधिसंग सम्बन्धित संघ–संस्था तथा व्यवसायीहरूबीच आपसी समन्वय, नयां उपायहरूको खोजि, अन्र्तक्रिया, सूचनाको आदान प्रदान, उत्पादनको प्रवद्र्धन, बजार व्यवस्थापन आदि कार्यहरू एकै छाना मुनि बसेर गर्ने सुनौला अवसर प्राप्त हुनेछ।
प्रकाशन मिति–२०७४ साल असार १८ गते आइतवार ।