काठमाडौं। नेपालमा प्रिमनसुनको प्रभाव कायम रहेको छ। हिजो मंगलवार असिना पानी नै परेको थियो भने, आज बुधवार मौसममा आंशिकदेखि सामान्य बदली हुने भएको छ। आज पनि नेपालका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ।

दिउँसो घाम लाग्ने र साँझ पुनः बदली भई क्षणिक मेघ गर्जनसहित छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

लामो समयसम्म ठूलो वर्षा भने नहुने तथा बिहीबार र शुक्रबार पनि मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठको भनाई रहेको छ।
प्रकाशन मिति–२०७५ साल चैत्र ६ गते बुधवार ।