काठमाडौं। नेपालमा फेरि दश दिनका लागि लकडाउन बढाएको छ। नेपाल सरकारले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले आइतवार राति लकडाउन लम्ब्याउने निर्णय गरेको हो।

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो। कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो। तर, सरकारले लकडाउन १० दिन थपेको छ।

नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो। त्यसयता चारपटक लकडाउन बढाइएको छ। पछिल्लो पटक थपिएको लकडाउन १५ वैशाखसम्म थियो।
प्रकाशन मिति–२०७७ साल बैशाख १४ गते आइतवार ।