काठमाडौ। नेपालमा नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा फेरि बृद्धि गरेको छ। बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताएका छन्।

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १०८ र डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन्। अझैपनि खाना पकाउने ग्यासमा निगमलाई प्रतिसिलिण्डर ६४.२९ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

निगमका अनुसार हाल नेपालमा पेट्रोल भारतमा भन्दा २१.९२ र डिजेल २४.६१ रुपैयाँ सस्तो रहेको छ। भारतमा भन्दा सस्तो भएकोले समायोजनको नाममा एक पछि गरेर निगमले मूल्यबृद्धि गर्ने कार्य गर्दैआएको छ। जसलेगर्दा नेपाली जनतालाई क्रमिक रुपमा नजानिदो तरीकाले ढांड सेक्ने कार्य निगमले गर्दैआएको उपभोक्ताहरुको भनाई रहेको छ।

प्रकाशन मिति–२०७५ साल बैशाख १९ गते बुधवार ।