काठमाडौ। बर्माको म्यान्मारमा बुधबार साँझ गएको भूकम्पको झट्का नेपालमा पनि महसुस भएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपाली समयअनुसार बुधबार साँझ ७ बजेर ४० मिनेटमा ७ रेक्टर स्केलको भूकम्पको धक्का पूर्वी क्षेत्रमा बढी महसुस भएको बताए । धक्का काठमाडौंमासमेत केहीबेर महसुस भएको थियो ।Myanmar Bhukampaभूगर्भसम्बन्धि अध्ययन गर्ने अमेरिकी संस्था (यूएसजीएस)ले ६.९ रेक्टर स्केलनको भूकम्प गएको जनाएको छ । धक्का छिमेकी भारतमा पनि महसुस भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । समाचार संस्था रोयटर्सले भूकम्पलाई ७ रेक्टरको जनाएको छ भने अर्को संस्था एपीले जर्मन अध्ययन संस्थानलाई उद्धृत गर्दै धक्का ७.१ को भएको जनाएको छ ।

नेपालमा एक वर्षअघि गएको शक्तिशाली भूकम्पपछि दक्षिण एसियाली देशहरुमा निरन्तर भूकम्प गइरहेका छन् । हिन्दू–कुश क्षेत्रमा तीन दिनअघि पनि ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रकाशन मिति–२०७३ साल बैशाख १ गते बुधवार ।