काठमाडौ। बलिउडका कुनै जमानाका ख्यातिप्राप्त अभिनेता शत्रुघन सिन्हा आज मंगलवार नेपाल आएका छन्। नेपालमा बुधवार आयोजना हुने एलजी फिल्म अवार्डमा सहभागी बन्नका लागि नेपाल आएको अभिनेता सिन्हाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताएका छन्।

satru-ghan-sinha1

भीभीआइपी कक्षमा आयोजित पत्रकारहरुसंगको संक्षिप्त कुराकानीमा अभिनेता सिन्हाले आफू धेरै पटक नेपाल आएको र यहाँको सुन्दरता, नेपालीहरुको आत्मिय सत्कारले आफूलाई सधैं लोभ्याउने गरेको भनेका छन्।

भगवान पशुपतिनाथको दर्शनको लागि पनि बेला बेलामा आफू नेपाल आउने गरेको खुलासा पनि अभिनेता सिन्हाले गरेका छन्। अभिनेता सिन्हा काठमाडौको सोल्टी होटलमा बसेका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ २१ गते मंगलवार ।