काठमाडौं। गत विहीवारवाट अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण हालसम्म नेपालमा ६५ जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपहिरोमा परी २४ महिला र ४१ पुरुषको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयकाअनुसार बाढी र पहिरोबाट ३८ जना घाइते भएका छन्।

घाइते १७ महिला र २१ पुरुषको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। ३० जना अझै बेपत्ता छन्। बेपत्ता रहेका १२ महिला र १८ पुरुषको खोजी जारी रहेको जनाइएको छ। अहिलेसम्म १ हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७६ साल असार ३० गते सोमवार ।