Stella Air freshner 3काठमाडौ। नेपालका लागि स्टेला एयर फ्रेसनरको आधिकारिक विक्रेता गोदरेज कन्जुमर प्रोड्क्सले इन्डोनेसियाको उत्पादन स्टेला एयर फ्रेसनर नेपाली बजारमा बिक्री सुरु गरेको छ । बजार बिक्री अवसरमा पूर्वमिस नेपाल उषा खड्गी, जिपी तिमल्सेना र कम्पनीका कन्ट्री म्यानेजर रोशा तल्वार, सेल्स म्यानेजर जीवन उप्रेती लगायतका पदाधिकारी सहभागी थिए। कोठा, मोटर र बाथरुममा हावा सुगन्धित बनाउन र पुरानो दुर्गन्ध हटाउनसमेत स्टेला उपयोगी हुने कम्पनीले बताएको छ ।

Stella Air freshner 1

स्टेला प्रयोग गर्दा हावालाई लामो समयसम्म सुगन्धित राख्छ । अलग–अलग ठाउँमा प्रयोग गर्न विभिन्न गुणस्तर र आकारमा स्टेला उपलब्ध छ । इन्डोनेसियामा वर्षौं पहिले उत्पादन थालिएको स्टेला गुणस्तरीय एयर फ्रेसनर लोकप्रिय हुँदै विश्वका विभिन्न मुलुकमा बिक्रीवितरण हुँदै आएको छ।

 

मोटर र कोठामा प्रयोग गर्न २ सय ५० मिलिलिटर र ४ सय मिलिलिटरमा उपलब्ध छ भने बाथरुममा क्लिक गर्दा हावा सुगन्धित पार्न ४० मिलिलिटरमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। हावामा क्लिक गर्दा निस्कने एयर फ्रेसनरले बाथरुमलाई लामो समयसम्म सुगन्धित राख्न सक्ने कम्पनीको दाबी छ। यसका अतिरिक्त कागजको बट्टामा ७० ग्रामको ठोस एयर फ्रेसनर पनि कम्पनीले नेपाली बजारमा उपलब्ध गराएको छ।

Stella Air freshner 2विभिन्न साइज र परिणाममा पाइने स्टेला एयर फ्रेसनरको मूल्य सोहीअनुसार फरक–फरक निर्धारण गरिएको कम्पनीले जनाएको छ। नेपाल स्थित कंपनीका सिनियर मार्केटिङ्ग एक्जुकेटिभ अफिसर विश्वेस रञ्जितले भिजन संसारसँगको कुराकानीमा घर–अफिस, बाथरुम, मोटर लगायतका विभिन्न स्थानमा स्टेला एयर फ्रेसनरको प्रयोग गर्न सकिने बताएका छन्।

Bishwesh Ranjit 1यसको प्रयोगले मनलाई प्रफुलित बनाउनुको अलावा बाताबरणलाई समेत मनमोहक बनाउने अफिसर रञ्जितको दावी रहेको छ। इन्डोनेसियाको ब्राण्डेट उत्पादन भएकोले स्टेला एयर फ्रेसनरले नेपाली बजारमा बेग्लै पहिचान राखेर अगाडि बढिसकेको जानकारी समेत उनले दिएका छन्।

प्रकाशन मिति–२०७३ साल असार २६ गते आइतवार ।