David Cameronकाठमाडौ। नेपालमा बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनको भ्रमणको लागि बेलायतमा रहेका नेपाली समुदायले पहलकर्म शुरु गरेको छ।

बेलायत नेपाल कुटनीतिक संवन्ध स्थापना भएको २ सय बर्ष पुगेको अवसर पारेर बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण गराउने पहल भएको बेलायत स्थित नेपाली समुदायले भनेको छ। २ सय बर्षयता बेलायतका कुनैपनि प्रधानमन्त्रीले नेपाल भ्रमण नगरिनु दुःखद हो भनेर नेपाली समुदायले त्यसलाई जोड्नको लागि भएपनि नेपाल भ्रमण गराइनु आवश्यक भएको भनेर आफूहरुले पहल शुरु गरेको बताएका छन्।

Belayati Nepali ko pahal

यससंवन्धमा लण्डनमा रहेका नेपाली संघ–संस्थाले औपचारिक पहल गरेर यसैहप्ता बेलायती प्रधानमन्त्री क्यामरुनलाई नेपाल भ्रमणको लागि पत्र हस्तान्तरण गर्ने भएको छ। बेलायती सांसद तथा नेपाल हेर्ने सर्वदलिय संसदीय समितिका अध्यक्ष बीरेन्द्र शर्माले पनि बेलायती प्रधानमन्त्री क्यामरुनलाई चांडै औपचारिक पत्र लेखेर दिने आश्वासन नेपाली समुदायलाई दिएका छन्।

बेलायती प्रधानमन्त्रीको भ्रमण गराउन अभियान संयोजन गरिरहेका पर्यटन व्यवसायी राजाराम गिरीले दुई देशवीचको संवन्धमा यस भ्रमणले थप प्रगाण् हुने बताएका छन्।

प्रकाशन मिति–२०७२ साल माघ २ गते शनिवार।