काठमाडौ । कुखुराको पनि परिवार नियोजन त्यो पनि पश्चिम नेपालको पाल्पामा भएको छ। कुखुराको भालेमा परिवार नियोजन गर्ने कार्य पाल्पा रामपुर–१४ बर्दलेका जनार्दन पन्तले गरेरै देखाएका छन्।

Bhale Kukhura

भालेको पछाडिको करङको शल्यक्रिया गरी अण्डकोष निकालेपछि भालेको शिर पोथीको जस्तो हुने र बास्ने भालेको अण्डकोष निकाल्दा बास्न छाड्ने गरेको पन्तको भनाइ छ। भालेको नियोजन गर्दा मासुको उत्पादन बढी हुने गर्दछ। कुखुरापालन गर्ने पन्तले कुखुराको परिवार नियोजन गर्दा मासु एक इन्चसम्म बाक्लो हुने र तौल पाँचदेखि सात किलोसम्म बढ्ने गरेका छन्।

पहिले कुखुराको अण्डकोष निकाल्न निकै समस्या भएपनि अहिले सहजरुपमा बन्ध्याकरण हुने गरेको पन्त बताउँछन् । पन्तको पशुपन्छीसम्बन्धी औपचारिक अध्ययन नभए पनि दाङका ध्रुव बस्नेतसँग फोनमार्फत जानकारी लिई कुखुराको परिवार नियोजन गर्न थालेको बताएका छन्।

सुरुसुरुमा केही कुखुरा मरेपनि अहिले कुखुराको शल्यक्रिया सफल भएको पन्तको दाबी छ । कुखुरा शल्यक्रियापछि चिल्लो हुँदै जाने र यौन क्षमता कमजोर हुँदै जाने उनको दाबी छ । स्थानीय प्रजातिका कुखुरामा मात्र अण्डकोष निकाल्न सम्भव हुने गर्दछ। ब्वायलर प्रजातिका कुखुरामा अण्डकोष निकाल्ने काम भने उनले गरेका छैनन् ।

पहिले रहरका लागि गरिएको यो काम अहिले अनुसन्धानमूलक भइरहेको उनको भनाइ छ । कुखुराको भालेको अण्डकोष निकाल्दा यौन क्षमता कमजोर भई शान्त स्वभावको बढी हुने गर्दछ। जसले गर्दा मासुको उत्पादन बढी हुने गरेको छ।
प्रकाशन मिति–२०७३ साल माघ १३ गते विहीवार ।