काठमाडौं। नेपाल सरकारले भोलि म‌ंगलबारदेखि अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय बन्द गर्ने भएको छ । स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायतका अत्यावश्यक सेवाका कर्मचारीलाई भने नियमित काममा बोलाउने जनाएको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यसबारे निर्णय गरेको हो। अत्यावश्यक सेवाबाहेकका निजामति कर्मचारीलाई घरमै स्ट्यान्डबाइमा बस्ने निर्देशन दिने सल्लाह कार्यदलमा रहेका मन्त्रीहरुले संयोजक पोखरेललाई दिइएको बताइएको छ।

उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री पोखरेलले सबै स्थानीय सरकारहरुलाई सीमा बन्द भएका बेला नाकामा आउने नेपाली नागरिकको पहिचान गरी क्वारेन्टाइनमा राख्न निर्देशन समेत दिइएका छन्।
प्रकाशन मिति–२०७६ साल चैत १० गते सोमवार ।