काठमाडौं। नेपालमा कोरोना संक्रमण फैलिएको भन्दै मास्क नलगाई हिंड्नेलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृहमन्त्रालयले सोमबार ७७ वटा जिल्लामा नै लागू गर्नेगरी प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको हो।

मास्क नलगाई हिंड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने छ। मास्क नलगाई हिंड्ने गरेकाले संक्रमण फैलिदै गएपछि यस्तो निर्देशन दिएको गृह मन्त्रालयलका उपसचिव उमाकान्त अधिकारीको भनाइ छ।

सरकारले असार १ गतेबाट लकडाउनको नयाँ मोडालिटी फेरेर खुकुलो पारेपछि खुलेका व्यापार व्यवसाय तथा सवारी साधनले गर्दा मानिसको चाप बढेको छ। काठमाडौं उपत्यका लगायत देशैभर संक्रमितको सङख्या फैलिदै गएको छ। त्यस्तै मन्त्रालयले अनावश्यक रुपमा घरबाहिर ननिस्कन समेत अनुरोध गरेको छ।
प्रकाशन मिति–२०७७ साल असार २२ गते सोमवार ।