ब्लड बैंक व्यवस्थापनको लापरवाही तथा बेवास्ता र कर्मचारीतन्त्रको कारण रगतको अभाव भएको खुलासा

Blood donationa.2

काठमाडौ। विशेषत नेपालमा विभिन्न पर्वहरुमा रगतको अभाव हुने गरेको छ। दशै तथा तिहार जस्ता महान पर्वको बेला र यी पर्वहरु सकेको अवस्थामा पारेर जहिले पनि रगत अभाव देखाएर विरामी तथा विरामीका आफन्तहरुलाई हैरान पार्ने गरेको सरोकारवालाहरुको भनाई रहेको छ।

नेपालमा ब्लड बैंकको काम गर्ने नेपाल रेडक्र सोसाइटीको रक्त संचार केन्दले रगतको अभाव भएको र त्यसको पूर्तिका लागि पर्याप्त सूचना तथा सन्देश प्रवाह गर्न कन्जुस्याई गरिरहेको रक्तदाताहरुको भनाई रहेको छ। अर्कोतर्फ जतिपनि रगत भएतापनि रक्त संचार केन्द्रका ब्लड बैंकको व्यवस्थापनको लापरवाही तथा बेवास्ता र कर्मचारीहरुको बेवास्ता तथा भ्रष्ट प्रवृतिका कारण पर्वको नाममा रगतको हाहाकार बनाउने कार्य गरिरहेको आरोप नेपालका रेकर्डेट रक्तदाता प्रेम सागर कर्माचार्यको रहेको छ।

Mr Prem Sagar Karmacharya: Recorded Blood Donar of Nepal.
Mr Prem Sagar Karmacharya: Recorded Blood Donar of Nepal.

रेकर्डेट रक्तदाता कर्माचार्य कर्मचारीहरु कहिले पर्व, कहिले असारको खेतीपाती, झरी तथा कहिले मंसीरमा धान काट्ने सिजन, जाडो–गर्मी मौसम जस्ता कुरालाई अगाडि ल्याएर रगत नभएको भनेर विरामीका आफन्तहरुलाई फर्काउने गरेको तथ्य कर्माचार्यले खुलासा गरेका छन्।

नियमित रुपमा रक्तदान कार्यक्रम तथा स्वयमसेवी रक्तदाताहरुलाई रक्तदान गर्न उत्प्रेरणा दिने कार्य गर्न सकेमा कहिले पनि रगतको अभाव नहुने र नभएको पनि कर्माचार्यको जिकिर रहेको छ। ब्लड बैंकमा ब्लड बैंकको व्यवस्थापनको लापरवाही तथा बेवास्ता र कर्मचारीतन्त्रको हावी भएकोले यस्तो दूर्गति भैरहेको कर्माचार्यको ठहर रहेको छ।

Blood Donation 1

आफूहरुले जहिले पनि विरामी तथा विरामीका आफन्तहरुलाई स्वयमसेवी रक्तदाताहरु मार्फत रक्तदान गराएर आपतमा परेका विरामीका ज्यान जोगाउने कार्यमा अहोरात्र कार्य गरिरहेको नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष समेत रहेका कर्माचार्यले भनेका छन्। रगतको अभावमा कोही पनि विरामीले ज्यान गुमाउन नपरोस् भनेर आफूहरु अत्यन्त क्रियाशील भएर काम गरिरहेको पनि उनले भनेका छन्।

Blood Bank Map of Kathmandu, Nepal

Blood Bank Balkumari mapप्रकाशन मिति–२०७४ साल कात्तिक ९ गते विहीवार ।