काठमाडौं। कोरोनाभाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि एक साताका लागि गरेको लकडाउनको आज बिहीबार तेस्रो दिन पनि देशभर प्रभाव परेको छ। गाउं तथा शहर सुनसान नै बनेको छ।

सुरुक्षाकर्मीले चेकजाँचमा कडाइ गरेका कारण अधिकांश सर्वसाधारण अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छैनन्। लकडाउनलाई गम्भीर रुपमा नलिनेहरुलाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिनु परेको जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले पनि लकडाउनको अवज्ञा गर्नेलाई कारवाही गर्ने बताएका छन् ।

कतिपय स्थानमाभने सुरक्षाकर्मीहरुले ठाउँठाउँमा माइकिङ गर्दै घरभित्रै बस्न आग्रह गरेका छन्। लकडाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने र सवारीसाधन चलाउनेहरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ।


प्रकाशन मिति–२०७६ साल चैत १३ गते विहीवार ।