काठमाडौ। नेपालमा नेपाली मात्र नक्कली डाक्टर नभइकन विदेशी डाक्टर पनि नक्कली भेटिएको छ। ती विदेशी नक्कली डाक्टरहरुलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। त्यसरी पक्राउ पर्ने विदेशी नक्कली डाक्टरमा २० जना रहेको प्रहरीले जनाएको छ।त्यसरी पक्राउ पर्ने डाक्टरहरुमा अमेरिका, चीन लगायतका मुलुकका रहेका छन्। प्रहरीका अनुसार काठमाडौमा उनीहरुलाई एपोलो अस्पताल, चाइना गेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टल लगायतवाट पक्राउ गरिएको हो।

नक्कली डाक्टरको अलावा केही अस्पतालका संचालकहरुलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ। ब्यूरोबाट खटिएको टोलीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चका सहयोगमा सोमवार अपराह्न उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका ती डाक्टरहरुले नेपाल मेडिकल काउन्सिलवाट कुनै अनुमति नलिइकन काम गरिरहेको बुझिएको छ। नेपालको कानून बमोजिम विना दर्ता तथा अनुमति अस्पतालमा कुनैपनि देशका डाक्टरले काम गर्न पाउंदैन।
प्रकाशन मिति–२०७४ साल माघ १५ गते सोमवार ।