काठमाडौ। नेपालमा पेट्रोल पम्पमा सवारी साधनमा पेट्रोल भर्ने कार्य भएजस्तै विद्युतीय सवारी साधनमा अव व्याट्री चार्ज गर्न मिल्ने स्टेशनको शुरुवात भएको छ। नेपाल विद्युत प्राधिकरणले आधिकारिक रुपमा आफ्नो मुख्यालय रहेको भवन रत्नपार्कमा त्यसप्रकारको चार्जिङ स्टेशन स्थापना गरेको छ।

नेपालमा केही बर्षयता विद्युतीय सवारी साधनको आकर्षण बढेतापनि चार्जिङ स्टेशनको अभावमा खासै उपलव्धी हुन सकिरहेको थिएन्। उपभोक्ता स्वयम आफैले घरवाटै व्याट्री चार्ज गरेर जसोतसो विद्युतीय सवारी साधन चलाइरहेको अवस्थामा पेट्रोल पम्प जस्तै व्याट्री चार्जिङ स्टेशन क्रमिक रुपमा देशैभर स्थापना गर्ने नेपाल विद्युत प्राधिकरणले योजना बनाइसकेको छ।

यसले गर्दा अव भने विद्युतीय सवारी साधनप्रति नेपाली उपभोक्तालाई अझ सहज र सरल हुने भएको छ। प्राधिकरणले केन्द्रीय कार्यालय रत्नपार्कमा टिओडी मिटर राखेर ४० किलोवाट क्षमताको उच्च गतिको चार्जिङ स्टेसन जडान गरेको हो। चार्जिङ स्टेसनमा जोडेको २ घन्टामा विद्युतिय सवारी साधन पूर्णरूपमा चार्ज हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भनेका छन्।

उक्त स्टेशनमार्फत शुन्य चार्ज भएको सवारी साधनलाई २ घन्टा चार्जमा राख्दा सवारी साधनको चार्ज फुल भइसक्छ। सो बाटो भएर ओहोर दोहोर गर्ने सवारी साधनका लागी ३० मिनेटमात्रै चार्ज गर्दा पनि फेरि फुल चार्ज हुने भएकाले यो स्टेशन निक्कै लाभदायी हुने अपेक्षा गरिएको छ । घिसिङका अनुसार सवारी साधनले ब्याट्री चार्ज गर्दा आउने बिलका आधारमा ग्राहकले शुल्क तिर्नुपर्ने छ ।
प्रकाशन मिति–२०७४ साल कात्तिक १८ गते शनिवार ।