Bhukampa tarangaकाठमाडौ। नेपालमा विनाशकारी भूकम्प गएको ठीक दुई बर्षपछि आज सोमवार सांझ ५ बजेर ४ मिनेट जाँदा भूकम्प गएको छ। सिन्धुपाल्चोकको बरम्ची आसपास केन्द्रबिन्दू भएको ४.२ रेक्टर स्केलको भूकम्प गएको छ।

यो भूकम्प पनि दुई बर्ष अगाडि गएको विनाशकारी भूकम्पकै पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले भनेको छ। हालसम्म ४ रेक्टर स्केल र त्यसमाथिका ४८० भूकम्पका पराकम्पन गैसकेको पनि सोही केन्द्रले जनाएको छ।

दुई बर्षअघि विसं.२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पवाट नेपालमा ९ हजारभन्दा बढीको ज्यान गएको र करिब २२ हजार घाइते बनेका थिए।
प्रकाशन मिति–२०७४ साल बैशाख ११ गते सोमवार ।