काठमाडौ। नेपालमा यही फागुन २२ र २३ गते सार्क राष्ट्रका प्रधानन्यायाधीशको सम्मेलन नेपालमा हुने भएको छ। सर्वोच्च अदालतले आयोजना गर्न लागेको सार्क स्तरीय प्रधानन्यायाधीशहको आगामी सम्मेलन सार्क ल समितिको अध्यक्षको हैसियतले नेपालले गर्न लागेको हो।

SAARC

देशमा विद्यमान संवैधानिक संकट र नयाँ संविधानको कार्यान्वयनको चरणमा रहेको नेपालमा हुन लागेको यो सम्मेलनले नयाँ संवैधानिक मोड ल्याउने विश्वास आयोजक सर्वोच्च अदालतले गरेको सार्क ल कमिटीको अध्यक्ष प्रधानन्यायाधीश कल्याण श्रेष्ठ बताए । नयाँ कानुन समावेशी नरहेको भनी भारतले नाकाबन्दी गरिरहेको समयमा हुन लागेको यो सम्मेलनले अन्तराष्ट्रिय रुपमा संविधानको सही प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा भारत, भुटान, श्रीलङका, बङगलादेश, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तानका प्रधान न्यायाधीशको सहभागीता रहने छ। सन् २०१३मा भुटानले सम्मेलनको आयोजना गरेको थियो।

प्रकाशन मिति–२०७२ साल माघ १६ गते शनिवार