–श्याम स्मृत
ललितपुर। हस्तकलाको अनुपम महानगर ललितपुर महानगर विश्वकै ३४ औं नगर हो। अनुपम हस्तकलाका पौरखी हातहरुका कारण ललितपुर महानगर विश्वकै आँखामा परेको हो। विश्वभरका मानिसहरुलाई कौतुहल अनि रहस्य र रोमाञ्चक वनाउंदै गरेको कला नगरी ललितपुर महानगरपालिका वडा नंबर १२ मंगलवजार नकिज टंगल मिननाथ मन्दिर परिसरमा सयौं हस्तकलाकर्मीहरुको अथक मेहनतवाट बनेका ज्वेलरीहरुको गजबको म्युजियमकै रुपमा राधे राधे मुकेश ज्वेलर्सको विस्तार भएको छ।

काठमाडौंको दरवारमार्ग, लाजिम्पाट तथा न्यूरोड पछि नेपाल वाहिर दुबईमा समेत शाखा विस्तार भैसकेको राधे राधे ज्वेलर्सको ललितपुरमा हेडअफिसकै रुपमा विस्तार भएको हो। नेपालमा सियो पनि बन्दैन भन्नेहरुका लागि नेपालीले चाहेमा र गरेमा जस्तोसुकै कठिन काम पनि सरल ढंगवाट विश्वलाई पनि चकित वनाउने गरेर वनाउने गर्दछ भन्ने जिकिर तथा दावी सफल बिजनेश वुमन शुभद्रा श्रेष्ठ यसको अध्यक्ष तथा महाप्रवन्धक हुन्।

विश्वभर नेपाली हस्तकलाको बिजनेशलाई विस्तार गर्ने ठूलो सोचका साथ ठूलै भिजन तथा मिसनका साथमा लाग्दैआएकी सफल बिजनेश वुमन शुभद्रा श्रेष्ठको अगुवाइमा विगत दुई दशकदेखि निरन्तर संचालनमा आइरहेको राधे राधे ज्वेलर्सलाई बिजनेश हाउसकै रुपमा विकास गर्न पाटनको टंगलमा राधे राधे मुकेश ज्वेलर्सको शुभारम्भ भएको हो।

एउटै बीग हाउसको रुपमा स्थापना भएको राधे राधे मुकेश ज्वेलर्सको एउटै छानामुनी ज्वेलरीका सवै प्रकारका सुन–चाँदी देखि डाइमण्डसम्मका ज्वेलरी सामान पाउने गरिएको छ। त्यसको अलावा हस्तकलाका क्यूरियो सामान पाउनुको अलावा महिला दिदीबहिनीहरुका लागि अत्यावश्यक पहिरनका गजब गजबका आकर्षक बुटिकको सेवा पनि दिने कार्यको प्रारम्भ गरेको ललितपुर महानगरको मात्र नभइकन विश्वकै सफल बिजनेश वुमनको रुपमा नाम कमाउन सफल शुभद्रा श्रेष्ठले वताएकी छन्।

नेपाल वाहिर दुबईमा राधे राधे ज्वेलर्सको विस्तार गरेयता विश्वभर यसलाई विस्तार गर्ने सोचमा रहेकी शुभद्रालाई साउथ एसियाका सात देशको अलावा अमेरिकामा समेत राधे राधे ज्वेलर्सलाई विस्तार गर्न माग आइरहेको छ। यसको लागि आफूले विस्तारै तयारी गरिरहेको र विश्व बजारमा नेपाली हस्तकलाका अनुपम ज्वेलरीहरुलाई पु-याउने एक मात्र लक्ष्य पनि रहेको बिजनेश वुमन शुभद्रा श्रेष्ठले भनेकी छन्।

शुभद्रा श्रेष्ठको राधे राधे ज्वेलर्सवाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर सयौंले रोजगारी पाइरहेको छ। ललितपुरका घर–घरमा राधे राधे ज्वेलर्सका लागि विश्वभरवाट डिमाण्ड भएका ज्वेलरी सामाग्रीहरुलाई हातैले अनुपम सीप पोख्ने कालिगढहरुको सीपको उचित मूल्य दिएर उनीहरुका घरपरिवारको चुल्हो बाल्न राधे राधे ज्वेलर्सले सहयोग गर्दैआएको दावी पनि बिजनेश वुमन शुभद्रा श्रेष्ठको दावी रहेको छ। जसवाट उनीहरुभित्र रहेका अनुपम हस्तकलाका सीपको प्रवद्र्धन भैरहेको छ।

सानैवाट हक्की स्वभावकी शुभद्रा श्रेष्ठको माइति पाटनकै मंगलवजार हो। विवाहअघि पूख्र्यौली पेशा कपडाको व्यवसायमा पिताजीलाई छोराले जतिकै साथ दिने मात्र नभइकन कपडा पसलको ह्याण्डिल गर्ने कार्य गरेको त्यो बलियो इतिहास शुभद्रा श्रेष्ठसंग रहेको छ। पछि कुमारीपाटीका मुकेश नकर्मीसंग प्रेम विवाह पश्चात श्रीमानको बिजनेशलाई पनि मजबूत किसिमले सम्हालेर अघि बढे्की हुन्।

शुभद्राकै भाषामा भन्ने हो भने, पाटनमा प्रतिष्ठित व्यवसायी पुष्परत्न शाक्यको घरमा नगद ३० हजारवाट बुटिक व्यवसायवाट अघि बढ्ेकी शुभद्रा श्रेष्ठले सयौंलाई रोजगारी दिएर नेपाली हस्तकलालाई विश्व बजारमा पु¥याएर ३० करोडभन्दा बढी मूल्यको काम तथा कारोबार गर्न सक्षमता प्रदर्शन गरेर सवैका लागि उदाहरण बनेकी छन्। व्यवसायमा मात्र सफल नभइकन अध्यात्मतिर पनि त्यतिकै क्रियाशील शुभद्रा श्रेष्ठ धार्मिक क्षेत्रमा पनि त्यतिकै क्रियाशील रहेकी छन्।

देशभित्र र वाहिरका विभिन्न धार्मिक कार्यक्रमहरुमा अगुवाइ गरेर नयाँ आयाम कायम गरिसकेकी छन्। व्यापार व्यवसायवाट अत्यन्त व्यस्त शुभद्रा श्रेष्ठले अध्यात्मवाट मन शान्ति वनाएर आरामको सफल जिन्दगी बाँच्ने कला सिक्दैआएकी छन्। जुन शुभद्राको जीवनकै ठूलो सफलता हो।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल असार २३ गते विहीवार ।