काठमाडौं। नेपालमा सुनको मूल्य उकालो लाग्नेक्रम बुधबार पुनः जारी रह्यो ।सुनको मूल्य बुधबार एकैदिन तोलामा ६०० रुपैयाँले बढ्यो।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य एकैदिन तोलामा ६०० ले बढेर तोलाको ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य मंगलबार तोलाको ६२ हजार ७०० रुपैयाँमा स्थीर रहेको थियो । बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर तोलाको ७८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔंस १३ सय ४६ डलर हाराहारीमा कारोबार भएको थियो।
प्रकाशन मिति–२०७५ साल फागुन ८ गते बुधवार ।