काठमाडौं। नेपालमा सन् २०३० सम्म स्तनपान गराउने नेपाली आमाको संख्या ९० प्रतिशत पुर्‍याउने लक्ष्य सरकारको रहेको छ। त्यो लक्ष्यअनुसार काम भने भएको देखिदैन। तथ्याङ्कले स्तनपान गराउने आमाको संख्या घट्दै गएको देखाएको छ। यसकारण पनि त्यो लक्ष्यप्राप्ति गर्नमा चुनौती रहेको सरोकारवालाहरुको भनाई रहेको छ।

सन् २०१६ को तथ्याङ्कमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने नेपाली आमाको प्रतिशत ५५ मात्र रहेको छ। काठमाडौं उपत्यकाभित्रका अस्पतालको तथ्याङ्क मा अझ कम देखिएको छ। काठमाडौंमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने दर केवल ४१ प्रतिशत मात्र छ। जनसङ्ख्यिक सर्वेक्षण २०१६ का अनुसार नेपालमा पूर्ण स्तनपान गराउनेको संख्या ६६ प्रतिशत मात्र रहेको छ।

पूर्ण स्तनपान भन्नाले शिशुको जन्म भएपछि एक घण्टा भित्रदेखि पाँच वर्षसम्मको स्तनपानलाई जनाउँछ। यता शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशतभन्दा माथि जान सकेको छैन।

यसो हुनुमा नव आमाहरुमा स्तनपानका संवन्धमा गलत धारणा नै हो। स्तनपानवाट सुन्दरतामा कमी हुने जस्ता गलत अवधारणाका कारण शिशुलाई स्तनपान गराउनुका सट्टा बट्टाका दूध खुवाउने प्रचलनमा बृद्धि भएर पनि हो।

उनीहरुमा जनचेतनाको अभाव भएर यस्तो भैरहेको देखिन्छ। स्तनपानले सुन्दरतामा कमी नहुने अझ स्तनपान गराउञ्जेल अर्को गर्भ नबस्ने तथा स्तन क्यान्सर हुने जस्ता संभावनावाट बच्न सकिने शिक्षाको कमीले पनि हो।
प्रकाशन मिति–२०७६ साल साउन १६ गते विहीवार ।