jyapu-diwash-2

काठमाडौ। नेपालमा १३ औं राष्ट्रिय ज्यापू दिवस धुमधामकासाथ मनाइएको छ। ज्यापू संस्कृति विकास कोषको आयोजनामा काठमाडौमा ज्यापू सम्प्रदायको पहिचानसहितको पदयात्रा भएको छ।

कमलादीबाट सुरु गरिएको पदयात्रा रत्नपार्क, नयाँ सडक, लगन, भीमसेनस्थान हुँदै भित्री नगरको परिक्रमा गरी वसन्तपुरस्थित समारोहस्थलमा आएर समापन गरिएको थियो।

ज्यापू समुदायको बसोबास हुने विभिन्न टोल तथा स्थानबाट बाजागाजा, झाँकीसहित पदयात्रामा सहभागी हुन सो समुदायका प्रतिनिधि कमलादीमा भेला भएका थिए। पुरुषले दौरा सुरुवाल तथा महिलाले कालो धोती (हाकु पटासी) लगाएर नाच्दै, गाउँदै पहिचान र संस्कृतिको संरक्षण गर्न माग गरेका थिए।

jyapu-diwash-1प्रकाशन मिति–२०७३ साल मंसीर २८ गते मंगलवार ।