काठमाडौ। नेपालमा १ सय ६५ वर्ष पुरानो मुलुकी ऐन आज भदौ १ गते शुक्रबारवाट विस्थापित भएको छ। आजदेखि नयाँ कानून लागू भएको छ। संसद्ले गत साउन २६ गते पारित गरेको ‘मुलुकी अपराध संहिता’ र ‘मुलुकी देवानी संहिता’ लागू भएको हो।

यसका साथै दुवै संहिताका अरू दुई कार्यविधि कानुन, ‘फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयन गर्ने ऐन’ र ‘केही नेपाल समायोजन तथा खारेज गर्ने ऐन’ पनि आजैवाट लागू भएको छ।

नयाँ कानुन लागू भएसँगै नागरिक ऐन, गाली बेइज्जती ऐन, कोर्ट फी ऐन, सार्वजनिक अपराध तथा सजाय ऐन, करार ऐनलगायत १५ वटा पुराना कानुन खारेजीमा परेका छन् । तत्कालिन प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाको पालामा विसं.१९१० सालमा बनेको मुलुकी ऐनले काम चलाइरहेकोमा त्यसको १ सय ६५ बर्षपछि अन्त भएको छ।

नयाँ कानूनमा भएको नयाँ व्यवस्था
–अन्तर्राष्ट्रिय मानव अधिकार कानुनले अंगीकार गरेका मानव अधिकारका सिद्धान्तलाई व्यवहारमा उतार्ने गरी प्रावधानहरूको विकास
–यातना दिने, बेपत्ता पार्ने, गोपनीयता उल्लंघन गर्ने काम आदि दण्डनीय
–प्रहरी, सेना वा अन्य अधिकारीबाट हिरासतमा लिई कुटपिट गर्नेरगराउनेलाई ५ वर्ष वा ५० हजार जरिवाना वा दुवै सजाय
– व्यक्ति बेपत्ता पार्ने काममा संलग्नलाई १५ वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिवाना
– बोक्सी आरोपमा कुटपिट गर्ने, सामाजिक बहिष्कार गर्ने, रजस्वला भएका बखत छाउपडीमा पठाउनेलाई ३ महिना कैद
–सार्वजनिक क्षेत्रमा मसाल जुलुस गर्नेलाई ६ महिनासम्म कैद
– कुनै राष्ट्रसेवकलाई झूटा जानकारी दिएर कर्तव्यबाट विमुख गराउनेलाई एक वर्षसम्म कैद
–बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गर्ने प्रहरी अधिकारीलाई ६ महिनासम्म कैद
–जुवा खेल्नेरखेलाउनेलाई तीन महिनासम्म कैद
–कसैले गाई वा गोरु मारे तीन वर्षसम्म कैद
–खुला रूपमा खसी, कुखुरा काट्नेलाई एक महिना कैद
–बहुविवाह गर्नेलाई ५ वर्षसम्म कैद
–३ वर्षदेखि १० वर्षसम्म सजाय हुने कसुरलाई गम्भीर र १० देखि जन्मकैदसम्मको सजाय हुने जघन्य कसुर, जन्मकैद २५ वर्ष
–कुनै नेपाली नागरिकले नेपालबाहिर अर्को नेपालीको ज्यान लिएको वा लिने षड्यन्त्र गरेको वा अंगभंग गरेको, परित्याग गरेको वा जबर्जस्ती करणी गरेको वा अपहरण गरी शरीर बन्धक बनाएको कसुरमा पनि कारबाही
–राज्यविरुद्धका कसुर, राजद्रोहको कसुर, जाति हत्याविरुद्धको कसुर, सार्वजनिक न्यायविरुद्धको कसुर, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्ध कसुर तथा भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर

अपराध संहिता
–सार्वजनिक आवागमनमा बाधा पुर्‍याए ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै
–नभएरनगरेको अफवाह फैलाए १ वर्षसम्म कैद हुन सक्ने
–झूटो अभियोगमा उजुरी दिए जुन अभियोग लगाएको हो, त्यसैको आधासम्म सजाय हुन सक्ने
–खाद्य पदार्थमा मिसावट गरे ५ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने
–कमसल वस्तुलाई असल भनी बेचे ३ वर्षसम्म कैद हुन सक्ने
–सार्वजनिक ठाउँमा अरूलाई अभद्र व्यवहार गरे १ वर्षसम्म कैद हुन सक्ने
–सार्वजनिक स्थलमा अश्लील बोले ६ महिनासम्म कैद वा ५ हजारसम्म जरिवाना वा दुवै
–राष्ट्रिय गान, झन्डा र निसान छापको अपमान गरे ३ वर्षसम्म कैद हुन सक्ने
–बालबालिकालाई फकाएर कसुर गर्न लगाए आफैंले गरेसरह सजाय

देवानी संहिता
–मञ्जुरी नलिई कसैको तस्बिर खिच्न नपाइने, निजी जीवनबारे प्रकाशनरप्रसारण गर्न नपाइने
–केटाकेटी दुवैले २० वर्ष नपुगी विवाह गर्न नपाउने
–कुनै पुरुषको शारीरिक सम्पर्कबाट शिशु जन्मिएको प्रमाणित भए स्वतस् विवाह भएको मानिने
–सम्बन्धविच्छेदका लागि पुरुष पनि सिधै अदालत जान सक्ने
–मातृत्व वा पितृत्व दुवैका आधारमा सन्तानको पहिचान हुने
–प्रत्येक छोराछोरीले आमाबाबुलाई आदर, सम्मान र हेरचाह गर्नुपर्ने
–गर्भको शिशु पनि अंशको हकदार हुने
–कम्तीमा १४ वर्ष पुगेको व्यक्तिलाई मात्र उसको मञ्जुरी लिई काममा लगाउन सकिने
–कसैलाई पनि दिनमा ८ घण्टाभन्दा बढी काममा लगाउन नहुने
प्रकाशन मिति–२०७५ साल भदौ १ गते शुक्रबार ।