काठमाडौं। कोरोनाको महामारीलाई झेलिरहेको नेपाललाई भारत सरकारले कोरोना महामारी विरुद्धको भ्याक्सिन सहयोग गरेको छ। कोरोना महामारी विरुद्धको १० लाख भ्याक्सिनको मात्रा सहयोग गरेको हो।

उक्त भ्याक्सिन नेपालमा सम्भवतः बिहीबारसम्म भारतले नेपालमा पठाउने भएको छ। बुधवार नेपाल र भारतले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा भारतले पठाउने १० लाख भ्याक्सिनले नेपालको कुल जनसंख्याको ७२ प्रतिशतलाई उपयुक्त हुने भनिएको छ।

भारतवाट आउने उक्त भ्याक्सिन सवैभन्दा पहिला सफाईकर्मी, चिकित्सक लगायत फ्रन्टलाइनमा काम गर्नेहरुलाई दिइने भएको छ। पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ह्रदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको सहभागिता रहेको थियो।


प्रकाशन मिति–२०७७ साल माघ ७ गते बुधवार ।