काठमाडौ। भारतको कोलकत्ताको ताज होटल विश्वकै अत्यन्त चर्चित होटल मध्येको एक होटल मानिन्छ। यस होटलमा केही बर्षअघि एक नेपालीले लिड गरेका थिए। मेनेजर पदमा रहेर त्यस होटल हाँक्ने नेपाली अरु कोही नभइ विलाश खत्री हुन्।

हस्पिटालिटी म्यानेजमेन्टमा भारतकै विश्वविद्यालयवाट डिग्री हासिल गरेर ताज होटल हाँक्न पुगेका विलाशले त्यस होटलको हस्पिटालिटी म्यानेजमेन्टमा आमूल परिवर्तन ल्याएका थिए। त्यसक्रममा ताज होटलको  नाइट क्लबको जिम्मेवारी पनि पाएका विलाशले ताजको नियम अनुसार कडाई गर्ने कार्यमा कुनै कसुर वांकी राखेका थिएनन्।

विशेषत त्यस नाइट क्लबमा जानको लागि अनिवार्य श्रीमान–श्रीमती या प्रेमी–प्रेमिकाको जोडी हुन अनिवार्य थियो। त्यो वाहेक सिङल जान मिल्दैन। कपल वाहेक जान नमिल्ने होटल ताज नाइट क्लबको त्यो नियमलाई तोड्नका लागि एकजना पावरवाला विजनेसम्यानले धेरैपल्ट विलाशलाई प्रेसर दिएको थियो।

विलाशले नमानेपछि त्यहाँको मुख्यमन्त्रीले नै उनलाई फोन गरेपछि बाँध्य बनेर सिङल त्यो मान्छेलाई नाइट क्लबमा पठाउन वाँध्य बनेका थिए। ताजको नाइट क्लबमा कपल वाहेक सिङललाई प्रवेश दिदा धेरै लफडा गर्ने भएकोले त्यो नियम राखेका हुन्।

त्यो नियम तोडाएर ताजको नाइट क्लब पुगेका अजङको त्यो विजनेशमेन भित्र गएर त्यस्तो लफडा नगरेपनि बेहिसावले निस्फिक्री रक्सी खाएर आफैलाई विर्सेर बसेका थिए। उनले थाहै नपाउनेगरी करोडौको पैसा भएको उनको मनी पर्स डान्स गर्ने क्रममा खस्यो।

त्यस विजनेसमेनलाई निगरानी गर्दैगरेका विलाशले उनको मनी पर्स खसेको तत्काल थाहा पाइहाले। आफै गएर टिपेर उनलाई दिएका थिए। त्यसरी दिदा धन्यवाद पनि नदिएको र उल्टै आँखा तरेर हेरेको त्यो पल अझैपनि जिन्दगीको नमिठो पल तथा अविस्मरणीय घटना भएको भिजन संसारसंगको कुराकानीमा भनेका छन्।

कति मान्छेलाई सानो भन्दा सानो मदत गर्दा पनि कति धेरै आशीर्वाद तथा धन्यवाद दिन्छन्। तर, त्यो मान्छेले धन्यवाद दिनुभन्दा उल्टै आँखा तरेर बेहिसाव बेवास्ता गरेको घटनाले अझैपनि नमज्जा अनुभव दिलाउने गरेको विलाशले भनेका छन्।

भारतका विभिन्न शहरको अलावा अफ्रिका, मलेसिया, थाइल्याण्ड लगायतका विभिन्न देशका विश्वविद्यालय पुगेर हस्पिटालिटी म्यानेजमेन्ट विषयमा लेक्चर्र दिने कार्य समेत गर्दैआएका छन्। यसक्रममा दुई बर्षयता विलाशले नेपालका विभिन्न हस्पिटालिटी म्यानेजमेन्ट कलेज तथा तालिम सेन्टरहरुमा हस्पिटालिटी म्यानेजमेन्ट विषयमा पढाउने तथा तालिम दिने कार्य गर्दैआएको बताएका छन्।

धेरैबर्ष नेपाल वाहिर प्रवासमा हस्पिटालिटी म्यानेजमेन्टको क्षेत्रमा काम गरेको त्यो अनुभवलाई नेपालमा पनि बाँड्ने तथा नेपाललाई हस्पिटालिटी हबको रुपमा विकास गर्न क्रियाशील भएर लाग्न नेपाल फर्केको विलाशको भनाई रहेको छ। हाल काठमाडौको पेप्सी कोला सिनामंगल स्थित स्क्वायर लिंक्स ट्राभल्स एण्ड टुर्स प्राइभेट लिमिटेडमा जनरल म्यानेजर पदमा कार्यरत रहेका छन्।

फुर्सदमा समाज सेवामा पनि त्यतिकै क्रियाशील विशालले विसं.२०७२ साल बैशाख १२ गते नेपालमा आएको महाभूकम्पले पीडित क्षेत्रमा घर बनाइदिने लगायतका विभिन्न सामाजिक कार्य गरिसकेका छन्। समाज सेवा आफ्नो अर्को लक्ष्य तथा कार्य भएको समेत उनले भनेका छन्।

प्रकाशन मिति–२०७४ साल माघ १९ गते शुक्रबार।