deepawali-1

काठमाडौ। नेपालीहरुको दशैं पछिको दोश्रो अर्को महान पर्व तिहार शुक्रबारवाट शुरु भएको छ। तिहारलाई यम पञ्चक पनि भन्ने गरिन्छ। यम पञ्चकको पहिलो दिन काग तिहारवाट तिहारको शुरुवात हुने गर्छ।

kag-tihar

हिजो शुक्रबार तिहारको पहिलो दिन कागको पूजा गरेर कागलाई मिठो–मसिनो खुवाउने कार्य भएको छ। आज कुकुर तिहार परेको छ। इमान्दारिताको प्रतिक कुकुरलाई विहानैवाट पूजाआजा गरेर मिठो मसिनो खुवाउने कार्य भएको छ। तेश्रो दिन लक्ष्मी पूजा तथा चौथो दिन गोवद्र्धन पूजा र पाँचौ दिन भाइटीका गरेपछि तिहार अर्थात यमपञ्चक सकिन्छ।

kukur-tihar

प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ। यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावर पनि हो। यो जनावरले सुँघेर अपराधी पत्ता लगाउने गर्छ। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ।

gai-tihar

त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना दिने गर्दछ। कुकुर इमान्दार र वफादार जनावर हो। घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ। परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ।

laxmi-puja

कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन्। सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ। यस दिन मासको पात खाने चलन पनि छ।

लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसको सबै पाप नास हुन्छन् भन्ने जनश्रुति पाइन्छ। यस दिन पाप नाश गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ। नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ। यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ।

bhai-teeka

प्रकाशन मिति–२०७३ साल कात्तिक १३ गते शनिवार ।