काठमाडौं। लालुपाते फूलझै हांसन लौन माया पिरती गासन–उकाली र ओराली धाउनेले नलाउ माया छोडेर जानेले ! यो गीत हिजोका दिनमा जति चर्चामा थियो। आज पनि त्यतिकै चर्चामा रहेको छ।

सदावहार गीत नै मानिएको चर्चित गायक रामकृष्ण श्रेष्ठ र गायिका सपनाश्रीको युगल गायन रहेको यस गीतको भिडियो लामो समयको प्रतिक्षा पश्चात शुक्रवारवाट विश्वव्यापी एकसाथ युट्युब च्यानलवाट रिलिज भएको छ। गायक रामकृष्ण श्रेष्ठको व्यक्तिगत आरजे रामकृष्ण श्रेष्ठ च्यानलवाट रिलिज भएको हो।

काठमाडौं महानगरपालिका वडा नंबर ३२ अनामनगरमा आयोजित कार्यक्रमवीच गायक श्रेष्ठको गुरु बरिष्ठ अभिनेता राजकुमार शाहको प्रमुख आतिथ्यतामा उक्त गीतको भिडियो रिलिज गरिएको हो।

सिन्धुलीको रातामाटाको मनमोहक सुरम्य ग्रामिण बस्तीमा गजबले मनै लोभ्याउने शैलीको कथानकतामा खिचिएको गीतको भिडियोमा गायक रामकृष्ण श्रेष्ठको गायन प्रस्तुति पनि लोभलाग्दो देखिएको छ।

नेपाली आमिर खान उपनामले पनि चिनिएका गायक श्रेष्ठको अभिनयको साथमा लिडरोलमा शिवन पोखरेल, कुसुम घोतानी र जयराम बर्माले अभिनय गरेका छन्। निर्देशन शिबन पोखरेलकै रहेको छ। छायाँकन महेश महराले गरेका हुन।

प्रकाशन मिति–२०७७ साल असोज ९ गते शुक्रवार ।