काठमाडौं। हङकङमा रहेका विश्वविख्यात नेपाली उस्ताद कृष्णभक्त महर्जनको शव्द तथा संगीतमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।

‘चैत मास ऐ रेशम कोइलीले गायो हाम्रो जोडी दैवले जुरायो‘ बोलको उस्ताद महर्जनको शव्द तथा संगीत भएको गीतको भिडियो सार्वजनिक भएको हो ।

विख्यात गायिका अञ्जु पन्त र गायक महेश शिल्पकारको युगल गायन रहेको हाम्रो जोडी वोलको गीतको म्युजिक एरेञ्जिङ तथा मिक्सिङ हरिशरण सायमीले गरेका छन्।

गीतको भिडियोमा सुनिल क्षेत्री, गीता ढुंगाना लगायतका कलाकारहरुको बेजोड अभिनय रहेको छ। छायाँकन अनिल मगर तथा कोरियोग्राफी सुनिल मगरको रहेको छभने, निर्देशन बालकुमार मगरले गरेका छन्।

प्रकाशन मिति–२०७८ साल माघ २० गते विहीवार ।