काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले विश्वको बैभबशाली राष्ट्र अमेरिकाको दुई कार्यकाल राष्ट्रपति बनेर सर्वसाधारण सरह काम गरेको पनि तीन बर्ष नाघिसकेको छ।

बाराक ओबामालाई सर्वसाधारण जस्तो सामान्य जीवनमा फर्केर काम गर्न कुनै लाज भएको छैन्। नेपालका पूर्व राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीहरुले जस्तो प्रहरीहरुलाई पछुवा राखेर साइरन बजाएर हुंइकिने कार्य पनि ओबामाले गरेका छैनन्। सामान्य लाइफमा आम मानिस जस्तो काम गरेर सामान्य जीवनमा फर्केका ओबामा सवैको आदर्श हो।

त्यस्तै आदर्शको दृश्य काठमाडौंको नयाँ बानेश्वरबाट तल झरेपछि बुद्धनगर स्थित कान्तिपुर इन्टरनेशनल कलेजको अपोजिटको गल्लीमा शनिवार देखियो। भिजन संसार डटकमको क्यामेराले सोही गल्लीमा रहेको सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टर प्रा.लि.का मालिक तथा ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामा फ्रेम कारखानामा फ्रेममा पालिस लाउने तथा फ्रेमलाइ घोट्ने कार्यमा व्यस्त देखिएका थिए।

फ्रेमलाई विविध आकार दिन शनिवार कर्मचारी सवै विदामा भएको बेला च्याङ्बा लामा एक्लै व्यस्त देखिएका थिए। अरुबेला पनि कर्मचारीहरुसंग फ्रेम बनाउन काठमा रण्डा लगाउने लगायतका कार्य धुलाम्मे बनेर गरिरहने काममा मजदुर सरह गजबले खट्ने सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीका मालिकको यस्तो कार्यवाट छिमेकीहरुले दिल खोलेर तारिफ गर्ने गरेको पाइयो।

कतिले च्याङ्बा लामालाई नेपाली ओबामा पनि भन्न थालिएको छ। च्याङ्बा लामा आफू मालिक भएतापनि मजदूर सरह दिल खोलेर काम गर्ने भएको कारण च्याङ्बाले खिचेका फोटोजस्तै च्याङ्बाको कंपनीव्दारा उत्पादित आकर्षक फ्रेमहरुको व्यापक डिमाण्ड रहेको छ। काठमाडौं र काठमाडौं बाहिर च्याङ्बा निर्मित फ्रेमहरुले राम्रो बजार पाएका छन्।

यिनै नेपाली ओबामा च्याङ्बा लामाको भिडियो न्यूज यहाँ जस्ताको तस्तै प्रस्तुत छ। हेर्नुस्–यो भिडियो रिपोर्ट–

प्रकाशन मिति–२०७६ साल मंसिर २२ गते आइतवार ।