काठमाडौं। नेपालभाषामा राष्ट्रप्रेमले ओतप्रोत गीतको भिडियो सार्वजनिक भएको छ। नेपाली कांग्रेसका क्रियाशील नेता शैलेश शाक्य लगंबरेजुको गीत लेखनमा भिन्तुना भिन्तुना नेपाः माँयाता भिन्तुना बोलको राष्ट्रप्रेमले भरिएको गीतको भिडियो सार्वजनिक भएको हो।

बरिष्ठ नेपालभाषाका गायक भृगुराम श्रेष्ठको प्रमुख आतिथ्यता तथा पूर्व रक्षा मन्त्री एवम् नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान र ख्यातिप्राप्त हांस्य अभिनेता मदनकृष्ण श्रेष्ठको विशेष आतिथ्यतामा गीतको भिडियो सार्वजनिक भएको जानकारी गीतकार लगंबरेजुले भिजन संसार डटकमलाई दिएका छन्।

गीतकार लगंबरेजुका अनुसार, गीतमा भूपेन्द्र बज्राचार्य र लसता बज्राचार्यको गायन रहेको छ। संगीत भूपेन्द्र बज्राचार्यले नै दिएका छन्। त्यस्तै निर्माता गोपालकृष्ण महर्जन रहेका छन्भने, कन्सेप्ट तथा निर्देशन रवि सायमीको रहेको छ।

प्रकाशन मिति–२०७७ साल फागुन २२ गते शनिवार ।