काठमाडौं। सम्मानित सर्वोच्च अदालतले गत पुस ५ गते विघटन भएको संसद पूनरस्थापना गरेकोमा सर्वोच्च अदालतलाई उच्च सम्मान सहित धन्यवाद दिने कार्य भएको छ। नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिकाका युवा नेता लाक्स श्रेष्ठले सर्वोच्च अदालतको निर्णयलाई उच्च सम्मान सहित धन्यवाद दिने कार्य भएको हो।

युवा नेता लाक्स श्रेष्ठले विधिको शासनलाई निरन्तरता कायम गरेर सम्मानित सर्वोच्च अदालतले नेपालको संविधान वमोजिम संसदलाई पूनरस्थापित गरेर नेपाली जनताको उच्च कदर गरेको बताएका छन्।

मध्यावधि चुनावका नाममा अर्बौ रकम नोक्सानी हुनवाट वच्नुको अलावा अनाहकमा नेपाली जनताले दुःख पाउने वाटोवाट मुक्ति पाएको खुलासा गर्दै कुनैपनि पार्टीमा व्यक्तिगत रिसइवी तथा मनमुटावले अव उप्रान्त संसद विघटन जस्ता कार्य हुन नहुने वताउंदै अवको नेतृत्व युवाको हुनुपर्ने कुरामा जोड दिएका छन्।

हरेक पार्टीले युवालाई सही दिशानिर्देश दिएर नेतृत्वमा ल्याएमा निश्चित रुपमा मुलुकको विकास हुने कुरामा युवा नेता श्रेष्ठको जोड रहेको छ।
प्रकाशन मिति–२०७७ साल फागुन १२ गते बुधवार ।