काठमाडौं। सेभ नेवाः भ्यालीका अगुवा तथा नेपाली कांग्रेसका सक्रिय नेता शैलेश शाक्य लगंबरेजुका दुई गीतको भिडियो सार्वजनिक भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा नेपाली कांग्रेसका नेता तथा पूर्व रक्षा मन्त्री भीमसेनदान प्रधानले संयुक्त रुपमा लगंबरेजुका दुई गीतका भिडियो सार्वजनिक गरेका हुन्।

सेभ नेवाः भ्यालीको आयोजनामा भएको कार्यक्रममा भएको सार्वजनिकरण भएको लगंबरेजुका नेपालभाषाका दुई गीतको बोल नै ‘भिंतुना म्ये’ र ‘छ जिमि हेरा रे छ जिमि पुता रे’रहेको छ। दुवै म्युजिक भिडियो तथा गीतको समिक्षा लोककवि राजभाइ जकःमीले गरेका थिए।

नेपाल संवत ११४१ नयाँ बर्षको अवसर पारेर दुवै गीतको भिडियो सार्वजनिक गरेको जानकारी गीतकार लगंबरेजुले वताएका छन्। दुवै गीतका भिडियोको निर्देशन नेपालभाषा चलचित्रका ख्यातिप्राप्त निर्देशक रामकृष्ण खड्गीले गरेका हुन्।
प्रकाशन मिति–२०७७ साल मंसीर ८ गते सोमवार ।