Sushil Koirala late 1काठमाडौ। नेपाली का्रंग्रेसका बयोबृद्ध सभापति सुशील कोइरालाको ७९ बर्षको उमेरमा दुःखद निधन भएको छ। गएराति १२ बजेर ५० मिनेट गएको अवस्थामा नेता कोइरालाको काठमाडौको महाराजगन्जस्थित कोइराला निवासमा निधन भएको हो।

सोमवार दिउंसोसम्म सामान्य अवस्थामा रहेका कोइरालालाई राति चिसोको कारण अलि असहज भएको र सोही राति नै अचानक निधन भएको पारिवारिक स्रोतले बताएको छ। चिसो तथा निमोनियाको कारण कोइरालाको सामान्य अवस्थामा नै निधन भएको भनिएको छ। क्यान्सर जस्तो डरलाग्दो रोगसंग लामो समयदेखि लडदैआएका नेता कोइरालाले केही समयअगाडि मात्र आफूले क्यान्सरलाई जितेको प्रतिक्रिया दिएका थिए।

Sushil Koirala late 2

क्यान्सरवाट मुक्त बनेका कोइरालाको सोमवार राति अचानक निधन भएको खवर पाएको लगतै राति नै नेपाली कांग्रेसका नेताहरुको कोइराला निवासमा लर्को नै लागेको थियो। विहानसम्म विभिन्न दलका नेताहरु पुगेर श्रद्धान्जली व्यक्त गर्न पुगेका थिए। दिवंगत नेता कोइरालाको निवास महाराजगन्ज पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेता कोइरालाको सम्मानमा नेपाल सरकारले कुनैपनि कसर बाँकी नराख्ने बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता कोइरालाको राजकिय सम्मानका साथ कोइराला निवास महाराजगन्जवाट विहान ९ बजे शवयात्रासहित अन्तिम श्रद्धान्जलीका लागि नेपाली कांग्रेस मुख्यालय बल्खु–सानेपा लगिएको थियो। त्यहाँवाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको छ। दशरथ रंगशालमा सर्वसाधारण देखि प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत भारतीय विदेशमन्त्री सुषमा स्वराजसम्मले श्रद्धान्जली दिएका थिए।

Sushil Koirala late 3

यसैवीच दिवंगत नेता कोइरालाको अत्येष्टि बुधवार राजकीय सम्मानकासाथ पशुपति आर्यघाटमा हिन्दूपरम्पराअनुसार दाहसंस्कार गरिने भएको छ। नेपाली कांग्रेस मुख्यालयले पशुपति आर्यघाटको विद्युत शवदाहगृहमा कोइरालाको अन्त्येष्टि गरिने भनिएतापनि कोइराला परिवारको चाहना बमोजिम विद्युत शवदाहगृहमा नगरिकन हिन्दूपरम्परा अनुसार नै गरिने भएको छ।

दिवंगत नेता कोइरालाका भाइ अशोक कोइरालाका अनुसार कोइरालाका भतिज अतुल कोइरालाले दागबत्ती दिइने भएको छ। कोइरालाको पार्थिव शरीरलाई दशरथ रंगशालामा बुधवार दिउंसो २ बजेसम्म राखिने र त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने भएको छ।
प्रकाशन मिति–२०७२ साल माघ २६ गते मंगलवार।