Sher Bahadur Deubaकाठमाडौ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा भारतको समर्थकको रुपमा चिनिएको छ। भारतीय छापाहरुले सभापति देउवालाई भारतको पक्षमा लाग्ने नेताको रुपमा चित्रण गरेको छ।

नेपालको व्यवस्थापिका संसदमा भारतको समर्थन गर्दै काठमाडौ तराई फास्ट ट्राक प्रोजेक्ट नेपाल सरकारले आफ्नै लगानीमा निर्माण गर्ने घोषणा भएको लगतै देउवाले भारतलाई नै दिनुपर्ने भनेर मंगलवार बोलेपछि भारतीय छापा मिडियाहरु देउवाको पक्षमा देखिएका थिए।

भारतीय मिडियाहरुले देउवालाई भारतमुखी नेता भनेर भन्न चुकेका छैनन्। पछिल्लो समय नेपालमा भारत विरोधी भावना निक्कै बढ्ेको बेलामा देउवा र उनको पार्टी नेपाली कांग्रेस भारतको पक्षमा उभिएको भारतीय मिडियाहरुले लेखेका छन्। भारतको समर्थनमा नेपाली कांग्रेसका सभापति देउवादेखि लोकप्रिय तन्नेरी नेता गगन थापा समेत देखिनु र भारतको विरोध गर्न नहुने पक्षमा हुनु त्यसको ज्वलन्त उदाहरण हुन पुगेको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख २८ गते मंगलवार ।