काठमाडौं। नेपाली गीत–संगीत तथा अभिनयलाई अत्यन्त माया तथा सदभाव राख्ने बहुमुखी प्रतिभाका धनी प्रतिभावान कलाकार चिरञ्जिवी खनालको निर्माणमा आसन्न निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेस चुनावी गीत जय नेपाल सार्वजनिक भएको छ।

नेपाली कांग्रेस बढ्छ अगाडि ताराहरुको झण्डा उचाली बोलको जय नेपाल बोलको गीत कलाकार खनालको निर्माणमा सार्वजनिक भएको हो।

मिलन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको जय नेपाल बोलको गीतमा रामकाजी बस्नेतको शब्द तथा सतिष शरद शाहको संगीत रहेको छ। उक्त गीतमा चिरञ्जिवी खनालको साथमा सतिष, रोशिका र बबिताको सुमधुर गायन रहेको छ।

निर्देशन स्वय्म खनालकै रहेको छ। गीतको भिडियोमा नेपाली कांग्रेसका सर्वप्रिय नेता बीपी कोइराला देखि लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई लगायतलाई समेटिएको छ।

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल बैशाख २३ गते शुक्रवार ।