Congress Artist 2काठमाडौ। कलाकार कुनै पार्टी विशेषको हुंदैन। कुनै पार्टीको झण्डामुनि पनि कलाकार हुंदैन। कलाकार त देशको हुन्छ। जनताको हुन्छ भन्ने आम धारणा रहेको पाइएको छ। यसो भएतापनि नेपाली कलाकारहरुको सन्दर्भमा लागू भएको पाइदैन। कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध हुने गरेको छ। पार्टीले पनि उनीहरुलाई गहना भन्दा पनि मादलको रुपमा प्रयोग गरेको पाइएको छ।

Congress Artist 1नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नेपाली चलचित्रका कलाकारहरु पनि कांग्रेसी पहिरन तथा भेषमा देखिए। महाधिवेसन उदघाटन समारोहमा कविता शर्मा तथा शंकर बिसीको टोलीले सांस्कृतिक प्रस्तुति देखाएर माहोललाई तताउने कोशिश गरेको पाइयो।

Congress Artist 4दुई नायिका रुपा राना र मेलिना मानन्धर तथा दुई गायिका रिमा गुरुङ्ग र संगीता राना नेपाली कांग्रेसको ड्रेसकोड सारीको पहिरनमा देखिदा यी नायिका र गायिका कतिबेलावाट कांग्रेसी भए भन्नेहरु पनि पाइए। अर्कोतर्फ नेकपा एमाओवादी रातारात सत्तामा पुग्दा राजावादीवाट रातारात एमाओवादीमा प्रवेश गरेका बरिष्ठ अभिनेता नीर शाह नेपाली कांग्रेसमा प्रवेश गरेर कांग्रेसको महाधिवेशनमा देखिनुलाई रोचक प्रसंगको रुपमा लिइएको पाइयो।

Congress Artist 3प्रकाशन मिति–२०७२ साल फागुन २१ गते शुक्रबार ।