काठमाडौ। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा समेत निर्वाचित भएका छन् । दलको नेताका लागि बुधबार भएको निर्वाचनमा देउवाले पौडेललाई ७२ मतको भारी अन्तरले पराजित गरे । देउवाले १ सय ३९ र पौडेलले ६७ मत ल्याएका थिए।

Page No. 1- Sher Bahadur Deuwa

पहिलो संविधानसभा निर्वाचनपछि भएको दलको चुनावमा देउवालाई पराजित गरी संसदीय दलको नेता बनेका पौडेल यसपटक पराजित भए । दोस्रो संविधानसभापछि पनि देउवा तत्कालीन सभापति सुशील कोइरालासँग १६ मतको अन्तरले दलको नेतामा पराजित भएका थिए ।

कोइरालाको निधनपछि खाली रहेको दलको नेतामा बुधबार निर्वाचन भएको हो । तत्कालीन सभापति कोइरालाका विश्वासपात्र र निकट सदस्यहरूले समेत पौडेलको साथ छाडेपछि देउवाको जित सहज भएको हो । एक महिनाअघिको पार्टी सभापतिको निर्वाचनमा पनि पौडेल देउवासँग पराजित भएका थिए।
प्रकाशन मिति–२०७२ साल चैत्र २४ गते बुधवार ।