KP Oli Prime Minister of Nepal.1काठमाडौ। साना दलका अनावश्यक पार्टीका नेताहरुलाई पनि मन्त्री बनाएर जम्वो मन्त्री मण्डल बनाएको आरोप खेपिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो आफ्नो बाँध्यता भनेका छन्।

नेपाली कांग्रेसले अन्तिम चरणमा धोका दिएर असहयोग गरेकोले मन्त्रालय फुटाएर भएपनि मन्त्री मण्डल विस्तार गर्नु रहर नभइकन बाँध्यता भएको पनि प्रधानमन्त्री ओलीले भनेका छन्।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा रिपोर्टर्स क्लबले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले उक्त कुराको खुलासा गरेका हुन्। नेपाली कांग्रेसले संझौताबमोजिम साथ दिएकोभए, यस्तो नहुने कुरालाई पनि प्रधानमन्त्री ओलीले भनेका छन्।

ओलीले भारतीय नाकाबन्दी खोल्नको लागि सक्दो प्रयास भैरहेको बताए। विदेश भ्रमणको संवन्धमा भारत या चीन जुनसुकै देशमा हुनसक्ने पनि ओलीले भनेका छन्।

प्रकाशन मिति–२०७२ साल पुष १३ गते सोमवार ।