काठमाडौं। नेपालको अपोजिसन पार्टी नेपाली कांग्रेसले प्रत्येक बर्ष बडा दशैंको कोजाग्रत पूर्णिमामा गरिदैआएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम कोरोनाको महामारीको कारण यो बर्ष नगर्ने भएको छ।

नेपाली कांग्रेसले उक्त निर्णय गरेको लगतै पोजिसनमा रहेको सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ।

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले मंगलबार विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका छन्।

विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ।
प्रकाशन मिति–२०७७ साल कात्तिक ११ गते मंगलवार ।