काठमाडौ। नेपाली कांग्रेस संसदीय दलको नेतामा उही पुरानो अनुहार शेरबहादुर देउवा निर्वाचित भएका छन्।

संसदीय दलको नेता चयनका लागि सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मतदानमा सवैको आशावादी मानिएका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई २५ मतान्तरले पराजित गर्दै देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन्।

देउवाले ४४ मत प्राप्त गरे भने प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत पाए। प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेस संसदीय दलमा कुल ६३ जना सांसद छन्। संसदीय दलको नेता चयनपछि सोमबारै बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले विजयकुमार गच्छदारलाई दलको उपनेतामा मनोनीत गरेको छ।प्रकाशन मिति–२०७४ साल फागुन २१ गते सोमवार ।