काठमाडौ। नेपाली खानाको प्रचार–प्रसारबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले ग्यास्टनोमी टुरिजम नेपाल अभियान सुरु भएको छ। सन् २०१८ को पहिलो दिन काठमाडौंको बत्तीसपुतलीस्थित बी आई जी फुड ल्याण्डबाट यो अभियान सुरुवात गरिएको हो।

त्यस्तै गरेर सुनसरी, सर्लाही, चितवन, पोखराहुँदै नेपालगंजमा तत्कालै र नेपाल भरी यस्तै अभियान संञ्चालन गरिने नेपाली खानाका अभियन्ता सुरेश बस्नेतले भनेका छन्।

यो अभियानमा स्नेहा ट्राभल मिडिया नेपाल, गैर आवासीय नेपाली संघ, नेपाल पर्यटन बोर्ड, पर्यटन व्यवसायी लगायतको सहकार्य रहेको छ। यो अभियान अन्तर्गत अन्तर्राष्ट्रिय सगरमाथा दिवस र ६० औं मनास्लु हिमाल दिवसको अवसरमा अमेरिकामा पनि कार्यक्रम आयोजना गरिने बताईएको छ। विसं.२०७२ चैत २६ बाट ‘ग्यास्टनोमी टुरिजम नेपाल’ अभियान सुरु भएको थियो।

नेपाली मिनी फूड फेस्टिबल हिमालदेखि तराई, सुदूर पूर्वदेखि सुदूरपश्चिमसम्मको खानालाई विस्तार र विकास गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डबाट सुरु भएको यो अभियान संयुक्त राज्य अमेरिकासम्म पुग्ने भएको छ।


प्रकाशन मिति–२०७४ साल पुष १७ गते सोमवार ।