Sanam Bairag 3काठमाडौ। विगत तीन दशकदेखि समसामयिक नेपाली रंगकर्ममा लाग्दैआएका अभिनेता एवम् निर्देशक सनम कुमार बैरागको निर्देशनमा बनेको एकांकी नाटक समय–दृश्य बेलायतमा चाँडै मंचन हुने भएको छ।

 

बेलायतका विभिन्न रंगमंचहरुमा मंचन हुने क्रममा रहेको समय–दृश्य मन्चनको तयारीका क्रममा निर्देशक बैराग रहेका छन्। बेलायतमा नै रहेका थियटर आर्टिष्टहरुको अदभूत अभिनयका साथमा सामाजिक सन्देश बोकेको एकांकी नाटक समय–दृश्यको लेखन भक्त स्याङ्गतानको रहेको छ। टेन्जी लामा पाख्रिनको कन्स्पेटमा मंचन हुनगैरहेको उक्त नाटकको प्रस्तुतकर्ता फस्ट एजुकेट नेपाल रहेको छ।

 

नेपाली अन्तरराष्ट्रिय कलाकार संघ इनास–युकेको सपोर्ट तथा सहयोगमा नाटक मंचन हुने तर्खरमा रहेको जानकारी निर्देशक बैरागले दिएका छन्। यसअघि बेलायतमा आयो गोरखाली, भानुभक्त लगायतका रंगमचिय उत्कृष्ट नाटकहरुको निर्देशन तथा अभिनय गरेर निक्कै वाहवाही पाउन सफल निर्देशक बैरागलाई बेलायतमा नेपाली गब्बरसिंह पनि भन्ने गरिएको छ।

 

बेलायतमा नै एक उत्पादनको विज्ञापनमा नेपाली गब्बरसिंह बनेर बैरागले गरेको जीवन्त अभिनयले उनलाई नेपाली गब्बरसिंह नै बनाएको छ। नेपालमा रहदा दर्जनौ दर्जन रंगमंचिय नाटकहरुमा अभिनय गर्नुको अलावा निर्देशन गरेर बेग्लै पहिचान कायम गरेका बैरागले एक दर्जनभन्दा बढी नेपाली चलचित्रमा अभिनय पनि गरिसकेका छन्।

Sanam 2प्रकाशन मिति–२०७२ साल माघ २५ गते सोमवार ।