काठमाडौं। नेपाली चलचित्र उद्योगका नौ नायिकाको सम्मान भएको छ। ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ मा नौ नेपाली नायिकाको सम्मान भएको हो।

काठमाडौँको चावहिल स्थित चलचित्र विकास बोर्डको हलमा रेजिना इन्टरटेनमेन्ट र शहीद फिल्म्सको संयुक्त आयोजनामा दुई नायिका रेजिना उप्रेती र बिमला केसीको प्रमुख संयोजकत्वमा सम्पन्न कार्यक्रममा नेपाली चलचित्रका नौ नायिकालाई नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मानित गरेका हुन।

नेपाली चलचित्र क्षेत्रमा योगदान दिएवापतको कदर स्वरुप नौ नायिकाहरु भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, मेनुका प्रधान, प्रियङ्का कार्की, पूजा शर्मा, शिल्पा पोखरेल र सुहाना थापालाई सम्मान प्रदान गरिएको हो।

प्रकाशन मिति–२०७९ साल असोज १० गते सोमवार ।