rajesh-hamal-2

काठमाडौ। नेपाली चलचित्रका महानायक भनिएका नायक राजेश हमाल पनि नेपाली राजनीतिमा सक्रिय बन्ने संकेत दिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले या डाक्टर बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पार्टी मध्ये कुनै एकमा लागेर राजनीतिमा समाहित हुनसक्ने खुलासा गरेका छन्।

rajesh-hamal-3

अमेरिकामा रहेका नेपाली पत्रकार तोया दाहालसंगको कुराकानीमा हमालले नेपालको राजनीति सही ट्राकमा हिंड्न नसकेको अवस्थामा यही बेलामा कलाकारितालाई राजनीतिमा क्यास गरेर ट्राकमा ल्याउने कोशिश आफूले गर्ने सोच राखेको बताएका छन्।

नेपालको राजनीति विकासका लागि हुनुपर्ने कुरामा पनि हमालले जोड दिएका छन्। उनले आफूसँग चमत्कारिक क्षमता नभएको तर आफू राजनीतिमा लागेर त्यसलाई थप दुर्गन्धित बनाउनतर्फ नलाग्ने पनि स्पष्ट पारेका छन्।

राजनीतिबाहिर बसेर पनि जनताको सेवा गर्न नसक्ने होइन, हमालले भनेका छन्— हामीजस्तो अरू क्षेत्रमा काम गरिरहेकाहरू राजनीतिमा जानु भनेको अवसरभन्दा पनि निराश भैरहेका सर्वसाधारणलाई आश्वस्त तुल्याउनु हो।

rajesh-hamal-1प्रकाशन मिति–२०७३ साल भदौ २४ गते शुक्रबार ।